Thaa Chaina

By VTEN

On Superstar

Released on November 30, 2019

Thumbnail

[Chorus]

हेर न मलाई, कहाँ छु आज, के हुन्छ भोलि

थाहा छैन मलाई जिन्दगी यतिकै बित्ने पो हो कि

तर यो जोश जाँगर अझै साथमै छ (Yeah, yeah)

Ayy, खासै नराम्रो केही भा छैन

या' हिन्दै छु अझै धेरै हाँस्दै म (Ooh)

या' यस्तै हो पारा लाज लाग्दैन, yeah


[Verse 1]

मन भित्र हजारैं कुरा छ, सबैलाई बुझाँउन मन लाग्छ (Yeah, yeah)

तर या' कसैले बुझ्दैन, किन यस्तो भाको सबै जना (किन)

म पनि चाहान्छु केही न केही राम्रो काम गर्न यो समाजमा

तर या' राम्रो कसैलाई नि पच्दैन, के गर्नु यस्तै छ जमाना, ayy (Ayy)

आफ्नो ठान्नु पनि बेकार, आफ्नो लाग्नै छोड्यो नेपाल

खिन्न भाछु आज एकदम तर मान्या छैन मैले हार

कसलाई के थाहा या' कति गारो रैछ गरी खान

कसैको बाउको केही खाइदिया छुइन

Life चलाई राछु आफ्नै तरिकामा (Ah)

Sorry, आमा माफ पाउ, मबाट आज धेरै गल्ती भा छ

झुट बोले मैले ढाट्न थाले तिमीलाई जिन्दगीको हर हिसाबमा (Yeah, yeah, yeah)

परीराछ चोट मुटुको बिचमा पश्चतापले मन जलिराछ तर

खुशी हुन्छौ तिमी जब देख्छौ मेरो झुटो हाँसोलाई पत्रिकामा


[Pre-Chorus]

Yeah, राम्रो त मैले पनि सोचेकै हो, yeah (Yeah, oh)

Ayy, तर नराम्रो भैराछ तै पनि जिन्दगीमा लडेर उठ्न खोज्दैछु म आज


[Chorus]

हेर न मलाई (Ayy) कहाँ छु आज, के हुन्छ भोलि

थाहा छैन मलाई जिन्दगी यतिकै बित्ने पो हो कि (Yeah, yeah, yeah, yeah)

तर यो जोश जाँगर अझै साथमै छ

Ayy, खासै नराम्रो केही भा छैन (भा छैन)

या' हिन्दै छु अझै धेरै हाँस्दै म (Ooh)

या' यस्तै हो पारा लाज लाग्दैन, yeah


[Verse 2]

परिवार छोडेर सपना बोकेर हिंडेको यात्री हु म

दुई पैसा कमाउछु यसैमा रमाउछु के खान आत्तिनु र ?

छैन केहीको मतलब पचि सक्यो लाज मलाई

मात्र खुशी भए पुग्छ जीवन बाँच्नलाई (Yeah, yeah, yeah)

छैन केहीको मतलब पचि सक्यो लाज मलाई

मात्र खुशी भए पुग्छ जीवन बाँच्नलाई

आऊ हिंड मसँग तिमी यो मेरो हात समाई

आऊ हिंड मसँगै तिमी यो मेरो हात समाई (Yeah)

के हो राम्रो, या' के नराम्रो ? (के नराम्रो?)

नराम्रो कुरालाई बाल म हिन्दै छु मेरै बाटो

मलाई यहाँ सम्म आउन भो धेरै गाह्रो

सहन सक्छु म बोइज्त भाको

अझै गर्दै छु सङ्घर्ष मान्दिन हार

छैन मेरो समय खेर गाको


[Pre-Chorus]

Yeah, राम्रो त मैले पनि सोचेकै हो, yeah

Ayy, तर नराम्रो भैराछ तै पनि जिन्दगीमा लडेर उठ्न खोज्दैछु म आज, yeah


[Chorus]

हेर न मलाई कहाँ छु आज, के हुन्छ भोलि (कहाँ छु)

थाहा छैन मलाई जिन्दगी यतिकै बित्ने पो हो कि (No, no, oh)

तर यो जोश जाँगर अझै साथमै छ (Yeah, yeah)

Ayy, खासै नराम्रो केही भा छैन (भा छैन)

या' हिन्दै छु अझै धेरै हाँस्दै म (Ooh)

या' यस्तै हो पारा लाज लाग्दैन, yeah


[Outro]

Yeah