Himmat

By VTEN

On Vten - EP

Released on July 5, 2017

Thumbnail

[Verse 1]

आउ मलाई लात हान, तिमी मेरो भाग तान

म हु एउटा असहाय, कमजोरी को दाग मान

म माथी फोहोर फाल, तिमी मलाइ हात हाल

सक्दो यातना देउ, तानिदेउ मेरो छाला

म रुन्छु, कराउछु, आँसु झार्छु एक्लै

बेग्लै छु म, जाउ मेरो अधिकार लाई टेक्दै

छेक्दै बस्छु मेरो मनको हुरि बतास

चाहन्छु म जिन्दगी मा खुसिको प्रकाश

मलाइ झुण्ड्याउ, मुन्ट्याउ, मलाइ बेर काडे तारले

जित्नु छैन मलाइ, शोक मनाउदै छु हारले

मार्थे आफ्नो मनलाइ दुखमा जब पार्थे

धारले रेट तिम्रो तीखो हतियार ले

म पागल त हैन, पागल बनाउछ समाजले

हेला गर्छ मलाइ भन्ने गर्छ मुजि खाते

पीडा छ मनमा तर झुठो हासो हास्ने

काम के हो? भन्दा म:म होटेल मा भाडा माझ्ने

जिन्दगी लामो छ अनि चुनौती धेरै

सजाएका सपना हरु नजाओस खेरै

त्यसैले गर्दैछु दुख संघर्ष

मलाइ दुख गर्ने मान्छे निकै मन पर्छ


[Chorus]

बरु खुसी हुन्छु, धुन्छु यो मनको घाउ

अघि बढौ हामी एक अर्काको हात समाउ

रिस राग हटाउ अनि खुसी बाडन जाउ

हे भगवान, हेला होइन सबलाइ माया गर्न पाउ (Ahh)


[Bridge]

हास्छु म अनि हटाउछु पीडा

घृणा दियो भने उनले, माया दिन्छु उसलाइ फिर्ता

माफी मागिदिन्छु म ठेस लाग्यो भने हिड्दा

निहु खोज्यो भने गाला थापेर भन्छु हिर्का


[Narration]

उहु तलाई हान्दैन त्यसले झापु, बरु लुरुक्क पर्छ आफु

मीठो बोली वचन गर दुनिया लाई गर्छ्स काबु

तर के गर्नु संसार नै चुतिया छ साला

जसले मदत गर्यो त्यसकै मुखमा मुतिहाल्छ साला

यस्तो चालामाला टैट, के गरि खाला

यस्ता को संगत नगर फोकट मा जिन्दगी जाला

बुझिस? यस्ता को संगत नगर फोकट मा जिन्दगी जाला


[Verse 2]

त्यसैले उठ त, जुट त, कहिले नझुक त

जिन्दगी प्रश्न हो आफै खोज्नुपर्छ उत्तर

सोझोपन देखाउदा सबैजना हुन्छ बर्ता

हातमा छुरा बोकि थुतुनोले चर्चा

हास्छ आँखा बन्द गरि कसैलाइ दुख पर्दा

भोज भतेरमा घुइँचो, मलामी छैन मर्दा

कालो बादलले घेर्यो तेरो संघर्ष को बाटो यो

स्यालको पेट भर्यो मात्र खाली भाडो लाटो को

यहाँ रुदा रुदा तेरो आँसु सबै सुक्छ

राम्रो बाटो हिड्न खोज्दा भिरालो मा पुग्छ

सफलता मा डाहा, ईष्र्यालू हरुले थुक्छ

बाल नदेन कुकुर हरुलाइ भुक्ने ले भुक्छ

जंगली हो तिनीहरु मात्र रगत चुस्छ

बिरामी छस मन बाट छैनस तन्दुरुस्त

तेरो मन सफा छ, तलाइ यतिले नै पुग्छ

सपना पूरा गर अनि हुन्छ्स त मुक्त


[Chorus]

बरु खुसी हुन थाल, पखाल मनको घाउ

अघि बढौ हामी एक अर्काको हात समाउ

रिस राग हटाउ अनि खुसी बाडन जाउ

हे भगवान, हेला होइन सबलाइ माया गर्न पाउ

बरु खुसी हुन थाल, पखाल मनको घाउ

अघि बढौ हामी एक अर्काको हात समाउ

रिस राग हटाउ अनि खुसी बाडन जाउ

हे भगवान, हेला होइन सबलाइ माया गर्न पाउ


[Outro]

(Yeah, yeah)

Peace