Banawati (The Intro)

By Laure

On Chup Laag

Thumbnail

मन भित्र थुप्रै प्रश्न छ,उत्तर सबै बनावटि

बनावटि हासो, बनावटि आशु

सायद भगवान नै बनवटी भएर होला

यस्तै छ म बनेको हाड र मासु

गोधेलु साझको झिसमिस मा हराए मैले

आफ्नो सबै अनोमोल चिजबिज

थाकेको छ मेरो आशा पाकेको छ कान

सुन्दा सुन्दा किचकिच

आज मलाई एकान्तमा भक्कानो छाडी रुनु मन छ

मनको घाउ नुनिलो आशुले पखाली धुनु मन छ

सायद धेरै गरे पाप,आज सराबको आगोमा

जलेर पबित्र हुनु मन छ

हामी भगवानको बच्चा सानैदेखि धेरै कच्चा

अबुइ भुत! भनेर खुब डराइन्थ्यो जुन थियो अदृश्य

अहिले भुत भन्दा डर लाग्छ,सम्झेर आफ्नै भबिस्य

हे,दैब

भन्थेउ तिम्ले सदैब

सत्यको जित हुन्छ... खैत??

म हेरेको हेरै छु

तिम्रो नियम नपचेर छेरेको छेरै छु

यो बनावटी जञ्जालको संसारमा

यो स्वर्ग र पृथ्वी बीचको भन्सारमा

कतै ढाडली त भयन ??

न्वर्गको सैतान कतै यहाँ त आयन ?

चंचले मेरो अंग भोलि हुनेछ भङ्ग

त्यसैले आजै बुझाईदेउ भगवान तिम्रो नियत छर्लङ्ग

किन उठछ पर्खाल ?

छुटाउन धनि, गरीब, जात भात र घर बार

किन उठछ आफ्नै मन्छे माथि तर्बाल ?

किन ढल्छ डर्बार ?

यसरी म प्रश्न हरु जन्जाल मा फसिरहेछु हर साल

तर उत्तर सबै बनावटी

सबै बनावटी