Released on May 23, 2019

6K Views

Thumbnail

[Intro]

*Scrambled words*

ॐ नमः शिवाय


[Verse]

जय शम्भो शिव जि

धर्तिमा आको छौ धेरै पछि

ध्यान देर पूरा, सोच्दै गहिरो कुरा, सोची हेरौ हामी एकछिन बसि

आँखा चिम्म गरि, प्रश्न दिमाग भरी, आनन्दले आफै भित्र गर feel

जति अफ्ट्यारो यो life मा भए पनि हुनु पर्छ निकै संबेदनसिल

पर्दै छु जिल आहारा ताकेर बसेका छन् यहाँ गिद्द र चील

खुट्टा तान्नेहरु कति हुन कति यहाँ दुखी रन्छ सबको चित्त र दिल

पैसा त कमाउलास, धेरैले बनाउलास जिन्दगी भर लाई नै तिर्ने हो बिल

सबसग हासी दे, हास्दै नै बाचिदे, म भन्छु शत्रु संग नि मिल

Life is real यहि नै हो यथार्थ, भन तिम्लाइ चै के था छ?

मनमा दुख्या छ चोट, मुटुमा खोट, प्रश्नले सताछ

मरेर आउने हो यहीँ, उपाए अरु म देख्दिन केही

चली रन्छ दिन, घुमी रन्छ घडी, त्यो भन्दा बढी त मलाइ नि के था त

म मान्छे hippi छु, जहिले पनि हुन्छ मेरो trippy mood

डाडाकाडा बाट मैले तोप ल्याको छु, हान ला ड्याम्मै should be good

मुख सुख्खा आँखा लठ्ठ, चिसो पानी खान थाल्छु घुट कि घुट

खल्ती भुक्का stoned म त, सत्य बोली राछु बोल्दिन झुठ

High हुँदै sky छुदै त्रिनेत्र निकाल्दिउ, अर्को बाल्दिउ

बोटै उखाल्दिउ, गेडा डाठलाई केलाइ फाल्दिउ

भेडा जातलाइ यसै हातलाइ, भाच्दिउ दातलाइ, मुखलाइ टाल्दिउ

सबजना चुप मुजि, निहु खोजि केही पनि हुदैन

धर्तिमा बसेर आकाश छुदैन

धर्तिमा बसेर आकाश छुदैन

धर्तिमा, धर्तिमा बसेर आकाश छुदैन

जिन्दगी बुझ्न नी थालेको छु

Life भन्या puzzle मिलाउन सक्छ्स, धेरै न बोली मुख टालेको छु

भित्रको आत्मालाइ जगाउन सक्छ्स, जादु मन्तर पनि जानेको छु

जुनसुकै बेला नि बिलाउन सक्छस

ब्राह्मण निकै नै ठुलो छ हामी है भुसुना, सोच आफै का पुग्न सक्छस

कपाल जटाधारी मेरो लामो जुँगादारी

दिमाग भरी प्रश्न मेरो जैले सोची मात्र राथी

बस्दिन आफैलाई अब धिक्कारी

म बनाउछु लक्ष्य म आफै शिकारी

हुदिन अल्छी म पर्दिन पछि म, सिकिन्छ नौलो चिज बारम्बार हारी

Life हेर्दा घिनलाग्छ, गर्छु जे ठिक लाग्छ, फेरिन दिन लाग्छ तेसैले चुप

मनभरी चिन्ता छ सोच्दा नै दिन जान्छ, संघर्ष दिनहु गरेको छु

चाड्चाडो हिंड्दा त के नै या मिल्ला त हेरेरै हिंड्दा नि लडेको छु

राम्ररी सोच्दा त कुरा सब बुज्दा त Gravity ले पो म अड्केको छु

जैले नि Rap पनि हान्दिन सुनी

म दायाँ र बायाँ न माथी न मुनि र

धेरै छ बाटो चाडो हिड जाठो

बिस्तारै हिडेर चै कहिल्यै नि पुगिन्न

अरुले भनेको पनि त सुन

हिंड्दै छस बाटो चै भए भर खुन

गाह्रै छ पुग्नलाइ गन्तब्य तिर नलेर त्यो पिर सहि बाटो चै चुन

छुनु छ moon, छुनु छ चन्द्रमा, बिश्वासै लाग्दैन तन्त्र र मन्त्रमा

आफैले नगरी केहिपनी हुँदैन त्यसैले एक्लैनै मर्ने हो अन्त्यमा

यो ठुलो प्रान्तमा कोहि ठुलो हुदैन आफैले आफैलाइ जहिल्यै नि ठान्दैमा

बस्न चाहान्छु म अहिले एकान्तमा, न बोली न चली न हलि शान्तमा

ॐ शान्ती जैले मैले खुसी चान्थी

गर्ने सबै आफैनै हो या, भर पर्ने को या? को छ या साथी?

सबजना खोया, यस्तै नै भो या, बारम्बार मन्दिर र मस्जिदमा जान्थी

मारामार काटाकाट सबजना एउटै जात, समाती हात बरु बन्द गर क्रान्ति

ठुलो पृथ्वीमा, मेरो अनेक स्थितिमा

धेरै सोचेरै होला, नदि र खोला चल्न थाल्यो दिमाग

धेरै नटोला, सुर्य नै छोला

बेस्मारी आफैलाइ एकताली चिमाट

Rap हन्न थलेको धेरै त भाछैन

ल है त नमस्ते मेरो नाम चिराग


[Outro]

ॐ नमः शिवाय

This is ५:५५

जय शम्भो (ॐ नमः शिवाय)