5K Views

Thumbnail

[Intro]

सागर यो नीलोमा

हराउने गर्छौ

परेछ बिचमा…

निमतिघुन गर्ने कुनै सोच छ?

कालो यो धर्ति

आकश आँखाले भ्याएसम्म

अझै तान्दै लग्यो अनन्तको गहिराइमा


[Chorus]

उ फकाउन खोज्छ, तिमी सुम्पिन्दै जाउ

कलीलो यो मन, त्यसरी नदुखाऊ


[Verse]

उ माग्दै जान्छ, तिमी पुर्याउंदै जाउ

होश हराए, घुमी फिरी न आउ

फसाउन जालै बुन्न थाले

भेट यो हाम्रो क्षणिकै त हो

म को हुँ, तिमी कहाँबाट

प्यासले आँखा देख्न छोडे

भएछु तिम्रो खेल को खेलौना

देख्छु चारैतिर तिम्रै तस्विर


[Outro]

म अभागी त्यो रात मा

अबिश्वासी त्यो रात मा

लाज पचाए त्यो रात मा

मन बुझाए त्यो रात मा

तिम्लाई पाए त्यो रातमा

गुमाए….त्यो रातमा... त्यो रातमा...