Released on January 30, 2022

Thumbnail

[Verse 1]

मान्छेको बोली बन्दुकको गोली

झुक्याएका छन् जथाभाबी बोली

सुनेर बसेकाछौँ नेपाली

बाजेले भन्थे कलियुग लागे

देउताले नि मन्दिर छोडी भागे

बुझेर बसेकाछौँ नेपाली

बुझेर बसेकाछौँ नेपाली


[Chorus]

बस्दिन पापी यो शहरमा

बिरानो लोभी यो नगरमा


[Verse 2]

मान्छेको बोली बन्दुक को गोली

सजाय होला आज या भोलि

कुरेर बसेकाछौँ नेपाली

कसैले केहि गर्दिए नि हुन्थ्यो

कोही कहिँ जागे नि हुन्थ्यो

पर्खेर बसेकाछौँ नेपाली

पर्खेर बसेकाछौँ नेपाली


[Chorus]

बस्दिन पापी यो शहरमा

बिरानो रोघी यो नगरमा

बस्दिन पापी यो शहरमा

मुक्ति देऊ मलाई


[Outro]

बस्दिन पापी यो शहरमा

बिरानो रोघी यो नगरमा

बस्दिन पापी यो शहरमा

मुक्ति देऊ मलाई