Asha Nirasha

By Albatross

On Raat Ko Rani

Released on August 7, 2021

Thumbnail

[Verse 1]

के खोज्यौ तिमीले यहाँ? के आशा राखेछौ फेरि?

यी दु:ख सुख सबै हुन, संसारका रिती

समयले सम्झाउला तिमीलाई केही इतिहासका कुरा

तर तिमी सम्झिनु र बुझ्नु

[Chorus]

यी आशा, निराशा, सबैका समस्या, हुदैन सजीलै केही

तिमी बुझ, सोच, अँगाल, नियाल, उत्तरदायी धेरै

के होला, नहोला, त्यही बहानामा नअल्झी राख तिमी

यी आशा, निराशा, सबैका रहस्य, खुल्दैन कहीले पनि

[Verse 2]

हेर्दै छन् हरेक पाइला, नियाली अनुभवी आँखा

पाएछौ केनै फेरि, नयाँ नौलो सोच राखि?

खोताल्लान समयले फेरी, ती अतीतका कुरा